समाचार

पुर्व विद्यार्थीले गरे रक्तदान कार्यक्रम

संवाददाता

हेटौँडा \  हेटौँडा-१९ बस्तिपुरमा रहेको निर्मल माविका पुर्व विद्यार्थीले रक्तदान कार्यक्रमको आयोजना गरेका छन्।विद्यालयको ४५ औ जन्मजयन्तीको अवसर पारेर निर्मल मावि पुर्व विद्यार्थी समाजले आज रक्तदान कार्यक्रमको आयोजना गरेका हुन।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१९ का वडाध्यक्ष नरनाथ सुवेदीको प्रमुख आतिथ्यता तथा युवा रेडक्रस सर्कल दश जोड दुई तर्फका सभापति अनुषा पाचकोटीको सभाध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ३२ जनाले रगत दान गरेका छन्।

कार्यक्रममा निर्मल मावि बस्तिपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्दिरा तामाङ, पुर्व विद्यार्थी समाजका अध्यक्ष राजकुमार थापा,विद्यालय व्यवस्थापन समितिका सदस्यहरु सागर उप्रेती तथा राजु नेपाली,निर्मल मावि पुर्व विद्यार्थी समाजका उपाध्यक्ष कुमार पोखरेल,नेपाल रेडक्रस सोसाइटीका राजु घले तथा रेडक्रस प्रतिनिधि विष्णु प्रसाद रिमाल लगायतकाको उपस्थिति रहेको थियो।

कार्यक्रम मार्फत पुर्व विद्यार्थी समाजले विद्यालयका लागि बस किन्नका लागि कोषको स्थापना गर्ने र आवश्यक समन्वयका लागि वडा कार्यालयसँग सहकार्य गर्ने निर्णय भएको निर्मल मावि पुर्व विद्यार्थी समाजका उपाध्यक्ष पोखरेलले बताए।