
मकवानपुरगढी गाउँपालिका वडा नं ३ स्थित तल्लो कालिखोला दमारमा स्थापना गरिएको पशु दाना उद्योगमा मेसिन जडान गरिएको छ ।
मकवानपुरगढी गाउँपालिका विशिष्टकृत दुग्ध उत्पादक सहकारी संघले उद्योगको स्थापना गरेको हो । ३ नम्बर वडाका अध्यक्ष भागवत घिमिरे र वडा नम्बर ५ का वडाध्यक्ष जित बहादुर घिमिरेको उपस्थितिमा मेसिनको जडान गरिएको हो ।
उक्त मेसिन १५ सम्म जडान गरी पौष मसान्तसम्म दाना उत्पादन शुरु गरिने संस्थाका अध्यक्ष हरिप्रसाद हुमागाँईले जानकारी दिएका छन् ।
कार्यक्रममा ३ नम्बर वडा सदस्य मञ्जु योञ्जन, संस्थाका संस्थापक अध्यक्ष एवम् मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका संचालक सदस्य हरिप्रसाद कँडेल, उज्वल दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष बिष्णुप्रसाद घिमिरे, कालिदेवी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन सापकोटा ,भुमिचुली टोलविकास संस्थाका अध्यक्ष नेत्रप्रसाद चौलागाईंलगायतकाको उपस्थिति थियो ।
उद्योगको स्थापना पश्चात् मकवानपुरमा पशुहरुलाई खुवाउने दाना सहज र सरल रुपमा उपलब्ध गराइने संस्थाले जनाएको छ । विशेषतः मकवानपुरगढीका कृषकहरुलाई सहुलियत दरमा दाना उपलब्ध गराइनेछ ।








