समाचार

डिएपी रानाको सामुदायिक सेवा केन्द्रद्धारा स्वागत

संवाददाता

हेटौडा \  सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले स्वागत तथा परिचात्मक कार्यक्रम सम्पन्न गरेको छ। सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्टको सभाध्यक्षमा केन्द्रको कार्यालय पशुपतिनगरमा आयोजना गरिएको कार्यक्रममा प्रहरी नायब उपरिक्षक ईन्द्र बहादुर राना लाई स्वागत तथा शुभकामना व्यक्त गरेको हो।

स्वागत तथा परिचात्मक संबोधन गर्दै नायब उपरिक्षक रानाले सामुदायिक प्रहरी सेवा केन्द्र संग समसामायिक विषयमा जिल्ला प्रहरी कार्यालय हातेमालो गरेर अगाडी बढन प्रतिबद्ध रहेको धारणा व्यक्त गरेका थिए।उक्त अवसरमा सामुदायिक का अध्यक्ष राम विष्टले तत्काल आत्मा हत्या,करणी र बलात्कार घटना बाहिर आउन लागेकोले सोको न्युनिकरणको जिल्ला व्यापी सचेतना चलाउनु पर्ने बताएका थिए।

कार्यक्रममा इलाका प्रहरी कार्यालय पशुपीनगरका प्रहरी निरीक्षक देवराज काफ्ले,सामुदायिक सेवा केन्द्रका अच्युतराज मिश्र लगाएतको उपस्थिति रहेको थियो।