समाचार

जनकल्याण साकोसको साधारणसभा सुरु

संवाददाता

हेटौडा चौघडा न्युरेनीमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा बुधवार देखि शुरु भएको छ ।संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष हिमाल पौडेलको अध्यक्षतामा सभाको उदघाटन गरिएको हो।

कोरोना भाइरसका कारण एकैदिन भेला भई साधारणसभा गर्न नसकिने भएकाले सहकारी विभागले जारी गरेको साधारणसभा सम्वन्धी कार्यविधि २०७७ अनुसार भेला संचालन गरिएको हो अध्यक्ष हिमाल पौडेलले जानकारी दिएका छन्। भेलामा संस्थाका कोषाध्यक्ष चेतनाथ खतिवडाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

भेलामा संस्थाका उपाध्यक्ष श्यामप्रसाद भट्टराई, सचिव मीना अधिकारी, लेखा समितीका संयोजक दीपनराज आचार्य, सल्लाहकार बद्रीबहादुर पाठक,गणेशकुमार श्रेष्ठ,न्यूरेनी चिसापानी सामुदायिक वनका उपाध्यक्ष रामचन्द्र अधिकारी, संचालक समितिका पदाधिकारी र शेयर सदस्यहरुको उपस्थिति थियो । साधारणसभा प्रत्येक दिन ३०० सेयर सदस्य सहित पुस ११ गते सम्म सञ्चालन हुने संस्थाले जनाएको छ। हाल संस्थामा २ हजार ५ सय ३९ जना शेयर सदस्य रहेका छन ।संस्थाको शेयर पूँजी २ करोड २४ लाख ८४ हजार कुल सम्पती १८ करोड ६ लाख रहेको जनाइएको छ। तस्विर: भीमसेन पौडेल