
हेटौँडा \ पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–नारायणगढ सडकखण्डको मनहरी(६ डिपाटमा मंगलबार राति रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा हेटौँडा-१९ बस्तिपुरका एक जनाको मृत्यु भएको छ ।
मंगलबार राति सडकखण्डमा रोकिराखेको ना ५ ख ५३३७ नम्बर ट्रकमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश-३ -०३-००१ प ५१३१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई ट्रकको पछाडि ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा-१९ बस्तिपुरका ४० वर्षीय हरिशचन्द्र उप्रेती रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश पाण्डेले बताएका छन् ।
उनको उपचारको लागि भरतपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ। ट्रक तथा चालकलाई ईलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको जनाइएको छ।








