
काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले सार्वजानिक गरेको विवरणमा कुल संक्रमित संख्या २ लाख ५० हजार १८० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १९९६ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख ३८ हजार ५६९ जना पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ जना रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ७३० पुगेको छ ।








