समाचार

लायन्स क्लबद्धारा स्वास्थ्य सामाग्री वितरण

संवाददाता

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा रहेको ज्वालादेवी आधारभुत विद्यालयलाई सोमबार स्वास्थ्य सामाग्री वितरण गरिएको छ । लायन्स क्लब अफ हेडम्बाद्धारा विद्यालयलाई स्वास्थ्य सामाग्री तथा माक्स सेनेटाइजर वितरण गरिएको हो । क्लबका अध्यक्ष सुधिर दाहालको अध्यक्षतामा भएको वितरण कार्यक्रममा एरिया ३२५ बि टु नेपालका डिष्ट्रीक डेपुटी सक्रेटरी कृष्णराम न्यौपानेको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रममा क्लब संस्थापक अध्यक्ष कबिन सांगामी विद्यालय प्रधानाध्यापक शिव प्रसाद लामिछाने,कार्यक्रम संयोजक रमिला घलान, लायन्स अस्मिता श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । क्लबले १५ हजार बराबरको सामाग्री वितरण गरिएको क्लबका अध्यक्ष दाहालले बताए । केहि दिन पछि सोही विद्यालयमा बोड र डस्ट विन लगायत अन्य सामाग्री वितरण गर्ने अध्यक्ष दाहालले बताए ।