
सिधाखबर \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको श्रमिक साना किसान कृषि सहकारी संस्थाको वार्षिक साधारण सभा समापन भएको छ । गत २० गतेबाट जारी भएको सभा आइतबार सभा समापन गरिएको हो ।
संस्थाका अध्यक्ष निर्मला लम्सालको सभाध्यक्षतामा भएको सभामा गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख अतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरे, साना किसान लघुवित्त बैंकका प्रबन्धक शेर बहादुर चौधरी संस्थाका उपाध्यक्ष मान कुमारी पाख्रिन लगायतले आफ्नो भनाइ राखेका थिए । ८६ लाख ८३ हजार ३०० शेयर पुँजी रहेको संस्थामा ४ करोड २४ लाख ४४ हजार ९१८ बचत रहेको छ ।








