
रोट्रयाक्ट क्लब अफ हेटौंडाले बाल मन्दिरमा न्यायो कपडा तथा खेलकुद सामाग्री वितरण गरिएको छ । सामाजिक सेवा भावका कारण चिसो मौसमको बेला भीमफेदी ६ स्थित बाल मन्दिरमा रहेका बालबालिकालाई न्यायो कपडा तथा खेलकुदको सामाग्री वितरण गरिएको क्लबका पुर्व अध्यक्ष सरोज देवकोटाले बताए ।
क्लबका अध्यक्ष उदिप आचार्यको अध्यक्षतामा तथा भीमफेदी गाउँपालिकाका वडा नम्बर ६ का अध्यक्ष सीताराम थापामगरको प्रमुखअतिथ्यतामा वितरण गरिएको थियो । बालमन्दिरलाई ४१ थन ज्याकेट, ३६ थान ट्राउजर सहित विभिन्न खेलकुदका सामाग्री वितरण गरिएको थियो । बालमन्दिरमा ७ वर्ष देखि १८ वर्ष उमेर समुहका ३५ जना बालबालिका रहेका छन्, ।
कार्यक्रममा नेपाल बाल संगठन मकवानपुरका अध्यक्ष अशोक सारुमगर, सदस्य मनोज प्रधान, बाल मनिदर केन्द्र प्रमुख सुरेन्द्र सापकोटा, क्रियटिभ युथ क्लबका आशिष अस्लामीमगर लगायत क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।








