
हेटौंडा १५ मा रहेको महिला जनशक्ती बचत तथा ऋण सहकारी संस्थाको २० औं वार्षिक साधारण सभा शनिबार समापन भएको छ । कोभिड १९ का कारण गत २१ गतेबाट सुरु भएको सभा आज समापन गरिएको हो ।
संस्थाका अध्यक्ष जुना दंगालको सभाध्यक्षतामा भएको सभामा हेटौंडा उपमहानगर वडा नम्बर १५ का वडा अध्यक्ष महारत्न लामाको प्रमुखअतिथ्यता रहेको थियो । कार्यक्रममा कार्यपालिका सदस्य पातलीमाया गोङ्बा, मेनका दाहाल लगायतको उपस्थिती रहेको थियो ।
सहकारीले एक वर्षमा आफ्ना शेयर सदस्यलाई ८ करोड लगानी गरेको छ । संस्थाको कुलपुँजी ११ करोड १५ लाख, ८२ हजार ८७० रहेको छ भने ८ करोड ५३ लाख ७ हजार ५६० बचत निक्षेप रहेको सस्थाका व्यवस्थापक माया तामाङ बताईन्, ।








