समाचार

हेटौंडाका एक कोरोना संक्रमितको मृत्यु

संवाददाता

हेटौँडा \ हेटौँडा उपमहानगरपालिका वडा नम्बर-५ का कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ।कोरोना पुष्टि भई भरतपुर अस्पतालमा उपचार गराइरहेका हेटौँडा-५ का ८५ बर्षीय एक वृद्ध पुरूषको मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ।

मंसिर २५ गते ज्वरो,खोकी,श्वासप्रश्वासमा समस्या भई उपचारका लागि भरतपुर अस्पतालमा भर्ना भएका उनको आजराति मृत्यु भएको जनाइएको छ। उनलाई २४ गते कोरोना पुष्टि भएको थियो।उनको कोभिड निमोनियाबाट मृत्यु भएको अस्पतालले आधिकारिक फेसबुक पेजमा उल्लेख गरेको छ।