
काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १२७१ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १४८ जना रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ६७४ जना पुगेको छ ।








