समाचार

जन्मदिनमा ओमबृद्धा आश्रमलाई खाद्यान्न सहयोग

संवाददाता

आफ्नो जन्मदिनमा हेटौंडा २ मा रहेको ओमबृद्धाआश्रमलाई खाद्यान्न सहयोग गरिएको छ । चितवन घर भएकी हेटौंडामा कार्यरत सरिता नेपालले आफ्नो २७ औं जन्मदिन आज बृद्धाआश्रमलाई सहयोग गरी केक काटेर मनाएकी हुन्, ।

यस अघिका जन्मदिन मामाघर नेपाल, मानव सेवा आश्रम मनाइसकेकी नेपालले यसवर्ष ओम बृद्धाआश्रमलाई खाद्यान्न सहयोग गरेको बताईन् । सामाजिक सेवा भावले पनि यी यस्ता संस्थाहरुलाई सहयोग गर्न पाउँदा आफु खुसी रहेको बताईन । उनी हेटौंडामा सानिमा लाइफ इन्स्योरेन्समा कार्यरत छिन् ।