
महिलाहरुद्धारा सञ्चालित मकवानपुरको हेटौंडा उपमहानगर वडा नम्बर १५ मा रहेको महिला जनशक्ती बचत तथा ऋण सहकारी संस्था राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गर्न सफल भएको छ ।
राष्ट्रिय सहकारी बैंकको १७ औं वार्षिक साधारण सभाबाट महिला जनशक्ती साकोस महिलाहरुबाट सञ्चालित सहकारीहरु मध्येबाट महिला जनशक्ती साकोस पुरस्कृत भएको हो ।
सोही सभाबाट सहकारी संघमा जिल्ला बचत तथा ऋण सहकारी संघ दाङ, बचत ऋण व्यवसाय गर्ने सहकारी संस्थामा दाम्राभिट्टा बचत तथा ऋण सहकारी संस्था मोरङ र बचत ऋण बाहेकको व्यवसाय गर्ने सहकारी संस्थामा पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था पोखरा रहेको छ ।
बैंकले हरेक वर्ष आफ्ना सदस्य संघ र संस्था तर्फ पुरस्कार तथा सम्मान गर्दै आइरहेको छ ।








