समाचार

लायन्स क्लबको रक्तदान: ३३ जनाले दिए रगत

संवाददाता

हेटौँडा \  मकवानपुर र हेटौँडामा क्रियाशिल लायन्स क्लबहरुले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन्।मकवानपुर र हेटौँडामा क्रियाशिल ९ वटा लायन्स क्लबले संयुक्त रुपमा बुधबार बिहान हेटौँडाको बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन।

लायन्स डिस्ट्रिक गभर्नर शम्भु नकर्मीको प्रमुख आतिथ्यता र डिस्ट्रिक सेक्रेटरी टासी डोल्मा तुम्बाहम्फे र वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा ३३ जनाले रक्तदान गरेका लायन्स जोन-२७ का जोन चियरपर्सन विकेशलाल श्रेष्ठले जानकारी दिए।

20201209_124436-1607497719.jpg

रक्तसञ्चार केन्द्र हेटौंडामा रगतको अभाव भएकोले हेटौंडामा क्रियाशील लायन्स क्लबहरुले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको श्रेष्ठले बताए।