
सिधाखबर \ जिल्ला बचत तथा ऋण सहकारी संघको १५ औं वार्षिक साधारण सभा आज आइतबारबाट सुरु भएको छ । कोरोना भाइरसका कारण क्षेत्र छुट्याएर साधारण सभा सुरु गरिएको हो । हेटौंडामा रहेको कार्यालयमा एक कार्यक्रमका बीच सभा शुभारम्भ गरिएको हो । हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महतले उद्घाटन गर्दै सभाको शुभारम्भ गरिएको हो ।
कार्यक्रममा बोल्दै मेयर महतले अब सहकारीले लगानी गर्दा उत्पादनमुलक उद्देश्यमा लगानी गर्नुपर्ने बताउनुभयो । उत्पादनमुलक कृषि र पशुपालन क्षेत्रमा लगानी गरी आर्थिक फड्को मार्न सकिने भन्दै नगरपालिकामा पनि कृषि र पशुपालन क्षेत्रमा बजेट रहेको बताउनुभयो । बाँझो जमिन नराख्न आग्रह गर्दै मेयर महतले उत्पादन र व्यवसायिक खेति तथा पशुपालन गर्ने भएमा नगरपालिकाले सहयोग पु¥याउने बताए ।
संघको कार्यसमिति सदस्य हिमाल पौडेलले सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटा, संघका सल्लाहकार बद्री प्रसाद लम्साल लगायतको अतिथ्यता रहेको थियो ।
संघले ९ दिन सम्म सभा सञ्चालन गर्नेछ । आजै पुर्वीय क्षेत्रको बागमती र बकैयाको सहकारीले बकैयामा सभा, पश्चिममा मनहरी र राक्सिराङको मनहरीमा, उत्तरी क्षेत्रको थाहानगर र कैलाशको बज्रबाराहीमा सभा शुभारम्भ भएको संघका व्यवस्थापक सुमित्रा कुमारी वाईवाले बताईन्, । सभा मंसिर २९ गते समापन हुनेछ ।








