समाचार

गुराँस लाइफ इन्स्योरेन्सद्धारा मृत्युदावी विमा रकम प्रदान

संवाददाता

हेटौंडामा रहेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदावी रकम भुक्तानी गरेको छ । कम्पनीको हेटौंडा शाखाले बिमितको श्रीमान दिलिप थापा मगरलाई बीमादावी वापत १ लाख ४१ हजार २३३ रूपैयाँ हस्तान्तरण गरेको हो ।

गुराँस लाइफ इन्स्योरेन्स हेटौडा शाखा प्रमुख एनिषा पौडेल तथा हेटौडा शाखाका अण्डरराइटिङ्ग राजकुमार महतले संयुक्त रुपमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्, ।

हेटौंडा उपमहानगर वडा नम्बर ११ स्थायी ठेगाना भएका स्वर्गीय बीमित लक्ष्मी मगरको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर लैजानेक्रममा मनहरी खरंगामा पुग्दा गत भदौं ३० गते मृत्यु भएको थियो । हेटौडा शाखाका अभिकर्ता, एजेन्सी, स्थानियलगायतको उपस्थितीमा मृत्युदावी रकम भुक्तानी गरिएको थियो ।