
हेटौंडा \ हेटौंडा ११ नवलपुरमा रहेको बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण तथा पाँचौ निर्वाचनबाट आशा अर्याल अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्व सम्मत गठन भएको छ । बुधबार समापन भएको सभाबाट अर्यालको अध्यक्षतामा ९ नयाँ समिति गठन गरिएको हो ।
सहकारीको उपाध्यक्षमा धन विडारी, कोषाध्यक्षमा अञ्जु गुरागाई सचिवमा अनिता खतिवडा बन्जारा चयन भएका छन्, । त्यस्तै, सहकारी संस्थाको सञ्चालक सदस्यहरुमा सीता न्यौपाने, शर्मिला अर्याल, देवकी खनाल, बेल कुमारी श्रेष्ठ र मैया मोक्तान रहेका छन्, ।
त्यस्तै,लेखा समितिको संयोजकमा सीता सापकोटा सदस्यहरुमा माया अधिकारी पौडेल र दिलकुमारी श्रेष्ठ रहेका छन्, ।

निर्वाचन प्रक्रियाबाट नै अन्तिम नामावली प्रकाशन गरि सर्व सम्मतले निर्विरोध समिति चयन गरिएको निर्वाचन समितिका संयोजक गोविन्द दहालले बताए । आजै सभा समापन पश्चात नयाँ कार्यसमितिलाई प्रमाण पत्र प्रदान गर्दै सपश ग्रहण समेत गराइएको संयोजक दहालले बताए ।








