
हेटौंडा \ हेटौंडा ११ नवलपुरमा रहेको बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा बुधबार समापन भएको छ । कोरोना भाइरसका कारण १० गतेबाट सुरु सभा आज समापन गरिएको हो ।
पाँचौ निर्वाचन वर्ष समेत रहेको संस्थाले नयाँ कार्यसमिति सहित सभा समापन गरेको हो ।
संस्थाका अध्यक्ष शर्मिला श्रेष्ठको सभाध्यक्षतामा भएको सभामा वडा सदस्य रामचन्द्र न्यौपानेको प्रमुख अतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सहसचिव विजय बहादुर बस्नेत, नव यु्वा साकोसका अध्यक्ष हिम प्रसाद पौडेल, सल्लाहकार सिताराम बर्तौला, वडा सदस्य जुना दाहाल, निर्वाचन समितिका संयोजक गोविन्द दाहाल, लेखा संयोजक सिता सापकोटा, उपाध्यक्ष धन विडारी लगायतको अतिथ्यता रहेको थियो ।
सहकारीले एक वर्षमा आफ्ना शेयर सदस्यलाई ११ करोड ७२ लाख ४५ हजार ऋण प्रवाह गरेको छ भने १२ करोड ६२ लाख ४८ बचत निक्षेप रहेको छ । २ हजार ३६४ शेयर सदस्यको संस्थामा १ करोड ६६ लाख २० हजार ८ सय शेयर पुँजी रहेको छ ।








