
काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १५६७ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या २ लाख १८ हजार १६१ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ जना रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ५३८ जना पुगेको छ ।








