
हेटौंडा \ हेटौंडा वडा नम्बर १३ मा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको २० औं वार्षिक साधारण सभा मंगलबार समापन भएको छ । गत २ गते बाट सञ्चालित सभा आज समापन गरिएको हो । कोभिड १९ का कारण सहकारीले एक साता लगाएर सभा गरेको हो । संस्थाका अध्यक्ष विष्णुमाया लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य मुनु सिग्देलको प्रमुख अतिथ्यता रहेको थियो ।
सहकारीले एक वर्षमा आफ्ना शेयर सदस्यलाई ३४ करोड १४ लाख ३१ हजार लगानी गरेको छ । ४ करोड ३ लाख ५९ हजार शेयरपुँजी रहेको संस्थामा बचत निक्षेप भने ३२ करोड ३ लाख, ३७ हजार रहेको छ । ४३ करोड ३३ लाख ७५ हजार करोबार गरेको सहकारीले १ करोड १० लाख १२ हजार १९५ खुद नाफा गरेको संस्थाका व्यवस्थापक फुलमाया मोक्तानले बताइन्, ।
कार्यक्रममा संस्थाले जेष्ठ शेयर सदस्य साहिलीमाया मुक्तान, रुकमणि न्यौपाने, सावित्री रिसाल, विमलादेवी लामा, विविमाया स्याङ्तान, ओरमाया गौतम,कान्छीमाया दोङ, सोममाया गोले, सुकुमाया लामा, हरिमाया मुक्तान र सुकुमाया लामा लोप्चनलाई सम्मान गरिएको थियो । त्यस्तै,उत्कृष्ट बचतकर्ता पिंकी थापा, पुजा सिन्तान, मैना बल, सविना रुम्बा, मंगलामाया गोले र उत्कृष्ट व्यवसायीक ऋणीहरु सावित्री स्याङ्तान, रिता थिङ, कल्पना परियार, रोश्नी थिङ, कल्पना पौडेललाई सम्मान गरिएको थियो ।
सहकारीले साधारण सभामा कर्मचारी सरस्वती घलानलाई कदर पत्र र उत्कृष्ट कर्मचारी सञ्जु बल लामा, तदर्थ संचालक सम्मानमा राममाया घिसिङ, पत्रकार सुजन ढकाललाई सम्मान गरिएको थियो । सोही अवसरमा असली पाख्रिन र अपना थिङलाई छात्रवृति प्रदान गरिएको थियो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, हेटौंडा वडा नम्बर १३ का वडा अध्यक्ष मनोज कुमार वाईवा, सस्थापक अध्यक्ष सुकुमाया थिङ, निवर्तमान अध्यक्ष लक्ष्मी थिङ लगायतको उपस्थिती रहेको थियो ।








