समाचार

महिला सेवा सहकारीको २० औं वार्षिक साधारण सभा समापन

संवाददाता

हेटौंडा \  हेटौंडा वडा नम्बर १२ मा रहेको महिला सेवा बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा शनिबार समापन भएको छ । गत ७ गते बाट सञ्चालित सभा आज समापन गरिएको हो ।

कोभिड १९ का कारण सहकारीले एक साता लगाएर सभा गरेको हो । संस्थाका अध्यक्ष यसोदा पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष ललित कुमार घलानको प्रमुख अतिथ्यता रहेको थियो ।  सहकारीले एक वर्षमा आफ्ना शेयर सदस्यलाई १२ करोड ७७ लाख लगानी गरेको छ । १ करोड ७० लाख ४५ हजार ८ सय शेयरपुँजी रहेको संस्थामा बचत निक्षेप भने ११ करोड ७६ लाख, २३ हजार रहेको छ ।

कार्यक्रममासंस्थाका व्यवस्थापक सुशिला वाईवाले एक सातामा भएका साधारण सभा समिक्षा तथा आर्थिक कारोवारको विषयमा प्रतिवेदन पेश गरेकी थिईन्, । कार्यक्रममा कार्यपालिका सदस्य तथा संस्थाका उपाध्यक्ष रुक्मिणी स्याङ्तान, लेखा समिति संयोजक अचला शर्मा, पत्रकार श्रीराम अर्जुन लगायत संचालक समिति, उपसमिति तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।