समाचार

महिला मिलनको हात्तिगौंडामा सेवा केन्द्र विस्तार

संवाददाता

 खबर बाकस \ हेटौंडा वडा नम्बर १३ पदमपोखरीमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेवा विस्तार गर्दै सेवा केन्द्र संचालन गरेको छ । शुक्रबार सहकारीले हेटौंडा १२ हात्तिगौंडामा सेवा केन्द्र शुभारम्भ गरेको छ ।

हेटौंडा उपमहानगरका उपमेयर मिना लामाले एक कार्यक्रमका बीच सेवा केन्द्र उद्घाटन गरेकी थिइन्, । सेवा केन्द्रको शुभारम्भ गर्दै उपमेयर लामाले पदमपोखरीको महिला शसक्तिकरणको अभियानमा महिला मिलन सहकारीको ठुलो योगदान रहेको बताउदैं अब सहकारीले उत्पादनशील र व्यवसायिककरणमा महिलाहरुलाई उत्प्रेरण गराउनु पर्ने बताईन्, ।

महिलाको आर्थिकस्तर सुधार मात्र नभई सामाजिक परिवर्तनमा पनि भुमिका रहेको भन्दै उपमेयर लामाले हेटौंडा उपमहानगर संग पैसा रहेको छ सहकारीको सहकार्यमा व्यवसायिक पशु, कृषि लगायतको काम गर्न आग्रह गरिन ।

कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष ललित कुमार घलान, वडा नम्बर १९ का वडा अध्यक्ष नरनाथ सुवेदी, हेटौंडा उपमहानगरका आर्थिक विकास महाशाखाका प्रमुख गंगा चौलागाई, सहकारीका निवर्तमान अध्यक्ष लक्ष्मी थिङ, धर्म गुरु ज्ञानब्रज लामा, संस्थाका उपाध्यक्ष मिना थापा, लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

संस्थाका अध्यक्ष विष्ण माया लामाको अध्यक्षतामा कार्यक्रम भएको थियो । शेयर सदस्यहरुको थप सुविधाको लागि आफुहरुले हात्तिगौडामा सेवा केन्द्र सञ्चालन गरिएको अध्यक्ष लामाले बताईन्, । मुख्य कार्यालयबाट दिने सबै सेवा अब सेवा केन्द्रबाट दिदाँ सेवा ग्राही सदस्यलाई सहज हुने जनाइएको छ ।