समाचार

निक्षेप सुरक्षा कोषको विषयमा परामर्श कार्यशाला गोष्ठी

संवाददाता

हेटौंडामा सम्बन्धित सरोकारवालाहरुसंग परामर्श कार्यशाला गोष्ठी भएको छ । विहीबार एक दिने निक्षेप सुरक्षा कोषको मानक प्रक्रियाको लागि सरोकारवालाहरुसंग परामर्श कार्यशाला गोष्ठी भएको हो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को मकवानपुर फिल्ड कार्यालयको आयोजनामा परामर्श कार्यशाला गोष्ठी भएको हो । नेफ्स्कुनका सदस्य तथा फिल्ड कार्यालय उपसमितिका संयोजक विद्या कोइरालाको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीमा राष्ट्रिय सहकारी महासंघ केन्द्रका सदस्य नारायण प्रसाद देवकोटाको प्रमुख अतिथ्यता रहेको थियो । गोष्ठीमा ३९ जना सम्बन्धित सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

परामर्श कार्यशाला गोष्ठीमा पुर्व सहकारी रजिष्ट्रार सुदर्शन ढकालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला सहकारी संघ मकवानपुरका पुर्व अध्यक्ष बद्री प्रसाद लम्साल लगायत मकवानपुरका सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।