
हेटौंडा उपमहानगर वडा नम्बर ११ मा रहेको बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा तथा पाँचौं निर्वाचन बुधबारबाट सुरु गरिएको छ ।
कोभिड १९ को कारण आज बाट सुरु गरिएको साधारण सभा विभिन्न चरण गरि १७ गते समापन हुने संस्थाका अध्यक्ष शर्मिला श्रेष्ठले बताईन्, ।
आज वडा सदस्य जुना दाहालको प्रमुख अतिथ्यतामा सभाको उद्घाटन गरिएको छ । निर्वाचन वर्ष समेत रहेकाले आजै उम्मेदवारी दर्ता गर्ने र अन्तिम नामावली प्रकाशन गरिने अध्यक्ष श्रेष्ठले जानकारी गराईन्, । १ करोड ६६ लाख २० हजार आठ सय शेयर पुँजी रहेको संस्थाले आफ्नो शेयर सदस्यलाई ११ करोड ७२ लाख, ४५ हजार ऋण लगानी गरेको छ ।
कार्यक्रममा जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दहाल, ग्रामिण महिला सेवा केन्द्रका सचिव अचला शर्मा, संस्थाका लेखा समितिका संयोजक सीता सापकोटा लगायतको अतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष शर्मिला श्रेष्ठको सभाध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।








