
खबर बाकस \ मकवानपुर प्रहरीले लागुऔषध नाइट्रोभेट र ओनरेक्स सहित एक जनालाई पक्राउ गरेको छ ।
आइतबार हेटौंडा १० राममन्दिर चोकमा प्रहरी हल्दार डिल्लीराम शिवाकोटीको टोलीले नारायणगढबाट वीरगंज जादैं गरेको ना ५ ख ५८६८ नम्बरको बसमा चेक गर्दा पेटर्वासुगौली गाउँपालिका वडा नम्बर ३ पर्साका अनिल मुखियालाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता / प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले बताए ।
२४ वर्षका मुखियाले झोलामा १२ सय ट्याब्लेट नाइट्रोभेट र सय एमएलको ४ बोतल ओनरेक्स भेटिएको थियो । मुखिया माथि थप अनुसन्धान भइरहेको छ ।








