
खबर बाकस \ मकवानपुर घर भएका पत्रकार गोकर्ण गौतमको निधन भएको छ। कान्तिपुर दैनिकको चलचित्र कला क्षेत्रमा कलम चलाउँदै आएका गौतमको आज विहीबार बिहान उपचारको क्रममा काठमाडौं बासबारीमा रहेको न्युरो अस्पतालमा निधन भएको हो ।
उनी टाउको सम्बन्धी रोगबाट ग्रसित थिए। गौतमले पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभागबाट पत्रकारितामा स्नातकोत्तर गरेका थिए। उनी विगत केही वर्ष देखि कान्तिपुर मिडिया ग्रुपमा आवद्ध रहि चलचित्र तथा कलाकारिता सहित ससमसामायिक सविषयमा पनि कलम चलाउने पत्रकारको रुपमा कार्यरत थिए । पत्रकार गौतम मकवानपुरको बकैया गाउँपालिका छतिवन निवासी हुन।








