समाचार

शैक्षिक सामाग्री वितरण गर्दै मनसुनले मनाए जन्मदिन

संवाददाता

हेटौंडा \ काठमाडौं महानगरपालिका स्थित किर्तीपुर बस्दै आएका मनसुन शर्माले आफ्नो जन्मदिनको अवसरमा एक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका छन्, । एक कार्यक्रमका बीच धुनिवेशी नगरपालिका वडा नम्बर ५ मा रहेको महादेवस्थान माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन्, ।

शर्माले विभिन्न समयमा मान्यजन तथा घर परिवारले दिएको रकम जम्मा गर्दै आफ्नो १४ औं जन्म उत्सवका अवसरमा विद्यालयलाई आवश्यक पर्ने पेन ,कपि,कलम,जोमेट्री बक्स लगायत ४० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको पारिवारिक स्रोतले जनाईएको छ ।

विद्यालयका प्रधानध्यापक अनिल रुपाखेतीले यस्तो सेवामुखी भावना राखेर गरीने जन्मदिनको सबैले अनुशरण गर्न सके राम्रो सन्देश समाजमा जाने बताए ।  मनसुनका अभिभावकले भने आधुनिकता तर्फ गएको हाम्रो सामाजको जन्मदिन मनाउने परम्परालाई तोड्दै यस्तो पून्य कर्ममा जोडिन पाउँदा सदैव सम्झिरहने साथै विद्यालय र विद्यार्थीलाई धन्यवाद दिएका छन्, ।

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष ऋषि कुमार ढकालको अध्यक्षतामा भएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष ढकाल, विद्यालय प्रधानाध्यापक अनिल रुपाखेती, शिक्षक विद्यार्थी लगाएत अभिभावकको उपस्थिती रहेको थियो ।