
हेटौंडा \ सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएको मामाघर नेपाल मकवानपुरमा मामाघर नेपालको स्थापना दिवसको अवसर पारेर जेसीआई हेटौंडाद्वारा खाद्य सामग्री बितरण गरिएको छ ।
यस अवसरमा उनीहरुले भाञ्जाहरुका लागि आलु, चना, केराउ, सोयाबिन, भुजा, चाउचाउ, कपडा धुने साबुन, फुरनदाना, कोक र बोडीका साथै केशब दाहालले व्यक्तिगततर्फबाट नगद एक हजार सहयोगस्वरुप उपलब्ध गराए ।
जेसिज अध्यक्ष राजदेव बानियााको सभाध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मामाघर नेपाल मकवानपुर संस्थापक/संरक्षक अर्पण पराजुली रहेका थिए । कार्यक्रममा विश्वप्रसाद गौतम, अरुणकुमार दाहाल, पवनकुमार कंसाकार, सुधिर दाहाल, विवेकआनन्द न्यौपाने, बिपिन ताम्राकार, लिसेन बस्नेत, केशब दाहाल, पुजन बिंडारी आदिको उपस्थिति थियोे ।








