
हेटौँडा \ बुधबार पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा १५ रोतोमाटेमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
सडक खण्डमा रहेको कलभटबाट बा ४२ प ८४७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आफैं दुर्घटना हुँदा मोटरसाइकलमा सवार बारा परवानीपुर बस्ने २६ बर्षीय प्रतिक क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाइएको छ।
दुर्घटना भएको सुचना प्राप्त हुनासाथ उद्धारका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको थियो।
प्रहरी टोलीले क्षेत्रीलाई मोटरसाइकल दुर्घटना भएको स्थानमा मोटरसाइकलले च्यापेको अवस्था भेटेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्,। उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।








