
खबर बाकस \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको महिला आवाज बचत तथा ऋण सहकारी संस्थाको आज २२ औं साधारण तथा दशौं निर्वाचन बाट पुनः अध्यक्षमा तेज कुमारी अस्थानी भएकी छिन्, । उनको नेतृत्वमा अबको ४ वर्षको लागि नयाँ कार्यसमिति गठन भएको हो ।
संस्थाको उपाध्यक्षमा शान्ति स्याङ्तान, कोषाध्यक्षमा निरा कुमारी रुम्बा, सचिवमा पातली माया गोले चयन भएकाछन्, । त्यस्तै, सदस्यहरुमा संगिता घलान, संगिता नगरकोटी, अनिता थापा, देवकी पौडेल र मनमाया स्याङ्तान चयन भएका छन्, ।
सहकारी संस्थाको लेखा समितिको संयोजकमा उर्मिला कार्की पुडासैनी, सदस्यहरुमा शान्ति गोले घलान र सुजता आले रहेका छन्, । संस्थाले १५ दिन लगाएर गत कार्तिक १२ गते सुरु भएको समुहगत भेला आज बुधबार सम्पन्न गरेको छ ।








