समाचार

मुख्यमन्त्रीका प्रेस संयोजक दाहाललाई कोरोना

संवाददाता

हेटौँडा \  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलका प्रेस संयोजक प्रकाश दाहाललाई कोरोना पुष्टि भएको छ। उनलाई हेटौँडा १० मा रहेको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा कोरोना पुष्टि भएको हो।

उनी होम आइसोलेसनका रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको दाहालले बताए । बागमती प्रदेशका मुख्यमन्त्री पौडेल सहित उनकी धर्म पत्नी चालक,अंगरक्षक र कार्यालय सहयोगीमा कोरोना पुष्टि भएको थियो।मुख्यमन्त्री पौडेल भने कोरोना मुक्त भएर डिस्चार्ज भइसकेका छन् ।