समाचार

घडेरीडाँडामा २४० मिटर स्लाब बाटो निर्माण

संवाददाता

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ घडेरी डाँडामा ४ मिटर चौडा रहेको २४० मिटर लामो स्लाब ढलान बाटो निर्माण गरिएको छ । नगरको ८७ मिटरको लागि ५ लाख बजेट छुट्याइएकोमा उपभोक्ता र अन्य संघसंस्थाको सहयोगमा थप ८ लाख लगानीमा २४० मिटर स्लाब बाटो निर्माण गरिएको अनुगमन समितिका संयोजक शम्भु तिवारीले बताए ।

उनले नगरको ५ लाख बजेट थियो त्यो पनि ८७ मिटरको लागि हामी नेपाली कांग्रेस जिल्ला सदस्य अर्जुन तिवारीको नेतृत्वमा उपभोक्ताबाट र अन्यबाट गिट्टी बालुवा सहयोगले ८७ मिटरलाई बढाएर २४० मिटर लामो स्लाब निर्माण गरिएको बताए ।
उक्त बाटोबाट २३ घर लाभान्वित भएका छन्, ।