समाचार

मामाघर नेपालमा हेटौंडाका फोटोग्राफर ओमले मनाए जन्मदिन

संवाददाता

हेटौंडाका फाटोग्राफर ओम फुयाँलले आफ्नो ३९ औं जन्मदिन मामाघर नेपालमा मनाएका छन्, । सडक बालबालिकाको संरक्षण गर्दै आइरहेको हेटौंडा ११ स्थित मामाघर नेपालमा पुगेर फुँयालले आफ्नो जन्मदिन मनाएका हुन्, । मामाघर नेपालका संरक्षक अर्पण पराजुली सहित भान्जाहरुको साथमा फोटोग्राफर फुँयालले केक काटेर नगद र अण्डा हस्तान्तरण गरेका थिए ।

सिधाखबर डटकमका फोटो पत्रकार फुयाँल द क्लिकर्समा आवद्ध छन्, । फुँयालले आफ्नो जन्मदिनमा अनाथ बालबालिकाको संरक्षण गर्ने संस्थालाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । युवापिडीहरुले शुभ कार्यमा यी यस्ता सामाजिक संस्थाहरुलाई सहयोग गर्न आग्रह समेत गरे ।