
सिधाखबर \ पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२५७ नयाँ संक्रमित थपिएका छन्, ।
काठमाडौंमा १११३ जना, भक्तपुरमा ४९ जना र ललितपुरमा १९५ जना गरी १२५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप २५०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ९३७ पुगेको छ ।








