
खबर बाकस \ मकवानपुरमा शनिबार थप १९ जनामा कोरोना पुष्टि भएको छ । शनिबार सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप १९ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।
हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा सार्वजानिक कोरोना पुष्टि हुनेमा ७ महिला र १२ जना पुरुष रहेका छन्, ।
हेटौंडा उपमहानगरका विभिन्न वडाका १७ जना रहेका छन्, । त्यस्तै, मकवानपुरगढीका १ जनार जितपुरसिमराका १ जना गरी १९ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको स्वाब १४ गते संकलन गरिएको थियो ।









