समाचार

काठमाडौं उपत्यकामा थपिए ८४३ नयाँ कोरोना संक्रमित

संवाददाता

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८४३ नयाँ संक्रमित थपिएका छन्, ।
काठमाडौंमा ६९६ जना, भक्तपुरमा २९ जना र ललितपुरमा ११८ जना गरी ८४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप १९५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ८८७ पुगेको छ ।