समाचार

काठमाडौं उपत्यकामा थप १५३५ जनामा कोरोना संक्रमण

संवाददाता

काठमाडौं \ पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५३५ नयाँ संक्रमित थपिएका छन्, ।
काठमाडौंमा १२२५ जना, भक्तपुरमा १६३ जना र ललितपुरमा १४७ जना गरी १५३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वितेको २४ घण्टामा नेपालमा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।