
खबर बाकस \ बडा दशैंको अवसरमा हेटौंडामा ४० घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । हेटौंडाका तरुण नेता जंगविर रुम्बा लामाको समन्वयमा खाद्यान्न सहयोग गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ चाइनाक्वाटरमा बसोबास गर्ने एकल महिला र आर्थिक विपन्नका ४० परिवारलाई खाद्यान्न सहयोग गरिएको लामाले बताए ।
अमेरिका बस्ने प्रशान्त लामा र निरब सिंह, अष्ट्रेलिया बस्ने सिता केसी र सुरज श्रेष्ठले सहयोग गरेका हुन्, । तरुण नेता लामाको समन्वयमा दशैंमा केहि एकल महिला र आर्थिक कमजोरीलाई सहयोग गरिएको हो । लामा आफैं घरघरमा पुगी खाद्यान्न वितरण गरेका थिए ।








