समाचार

पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दम्पतीलाई कोरोना सङ्क्रमण पुष्टि

संवाददाता

काठमाडौं \ पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दम्पतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भट्टराई र हिसिला यमीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । शुक्रबार गरिएको स्वाब परीक्षणमा आफूहरुलाई सङ्क्रमण पुष्टि भएको डाक्टर भट्टराईले ट्वीट गरी जानकारी दिनुभएको छ ।

आफूहरु होम आइसोलेशनमा रहेको र केही दिनदेखि सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउनु पनि उहाँले आग्रह गर्नुभएको छ ।