समाचार

शनिबार मकवानपुरमा १२ जनामा कोरोना पुष्टि

संवाददाता

मकवानपुरमा शनिबार थप १२ जनामा कोरोना पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा १२ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो । कोरोना पुष्टि हुनेमा ४ जना महिला र ८ पुरुष रहेका छन्, ।

कोरोना पुष्टि हुने एक जना बकैया गाउँपालिकाका रहेका छन्, भने बाकीँ सबै हेटौंडा उपमहानगरपालिका रहेका छन्, । उनीहरुको ५ गते स्वाब संकलन गरिएको थियो ।

20201024_055145-1603498226.jpg