समाचार

मकवानपुरगढीका एमालेको निर्वाचित वडा सदस्य कांग्रेस प्रवेश

संवाददाता

खबरबाकस \ मकवनपुरगढी गाउँपालिका वडा नम्बर ५ का निर्वाचित वडा सदस्य सुकराम थिङ नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

बुधबार जिल्ला सभापति बुद्ध लामाले थिङलाई खादा र टिका लगाएर पार्टी प्रवेश गराएका थिए । वडा नम्बर ५ को लिङ्गेडाँडा क्षेत्रबाट नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए । उनी सहित १६ जना व्यक्तिहरु कांग्रेस प्रवेश गरेका छन् ।

कांग्रेस प्रवेश पश्चात वडा सदस्य थिङले कम्युनिष्टले उनीहरुको नजिक र आफु केन्द्रीत विकासका काम गर्ने, भौगोलिक हिसाबले हामीलाई पछि पार्ने, स्वार्थको राजनिति गर्ने जस्ता कुराले आफुले कम्युनिष्ठ राजनिति त्याग गरेको बताए । उनले समाजवादको सिद्धान्त र सबैलाई समान रुपले हेर्ने भएकाले आफु कांग्रेसमा प्रवेश गरेको बताए ।

कार्यक्रममा जिल्ला सदस्य कालु घलान, प्रतिनिधि सभा क्षेत्र २ को सचिव बलराम घिमिरे, पुर्व संघीय सभापति यतिराज सापकोटा, गाउँपालिका सभापति राजविर मुक्तान, वडा सभापति दिपेश दाहाल लगायत अन्य नेतागणहरुको उपस्थिती रहेको थियो ।

May be an image of 11 people, people sitting, people standing and outdoors