
अभिनेता सरोज खनाल पनि चलचित्र निर्देशकको रुपमा देखिने भएका छन् । उनी चलचित्र ‘बगान’ बाट निर्देशकको रुपमा अगाडि आउन लागेका हुन् ।
चलचित्रको अहिले छायांकन भइरहेको छ । करिश्मा मानन्धर, नीर शाह र प्रमिला कार्कीलगायतको मुख्य भूमिका रहने चलचित्रमा उनी पनि देखिँदैछन् । चलचित्र सुरेश वाग्लेसँगको सहकार्य गरेर सरोज आफैंले निर्माण गरिरहेको हुन् ।
यस अगाडि केही म्युजिक भिडियो र सर्ट फिल्म निर्माण गरेका सरोजको फिचर चलचित्र निर्देशन भने यो पहिलो हो ।
सामाजिक विषयवस्तुको कथामा निर्माण थालिएको चलचित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिेस्टिभलमा सहभागी गराउने उद्देश्यले बनाउन लागेको निर्देशक सरोज खनालले बताए ।
गौरीशंकर धुजूको छायांकन रहेको चलचित्रमा हरि लम्साल र सुवास भुसालको संगीत छ ।








