समाचार

बंशगोपालमा बस सञ्चालन गर्ने

संवाददाता

 खबरबाकस \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको बंशगोपाल माध्यामिक विद्यालय (प्राविधिक शिक्षालय) ले बस सञ्चालन गर्ने भएको छ ।  आइतबारबाट बस सञ्चलन गरिने गरि विहीबार बसेको बैठकले निर्णय गरेको बस व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर बलले बताए ।

बैठकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पुडासैनी, विद्यालयका प्रअ लिलानाथ ढुङ्गेल, विद्यालयका शिक्षक, अभिभावक संघका पदाधिकारीहरुको उपस्थितीमा बैठक बसेको थियो ।

गाउँपालिका र वडाको ११ लाख अनुदान रकम र बाकीँ ऋणबाट खरिद गरिएको विद्यालयका प्रअ ढुङ्गेलले बताए । विमा सहित २७ लाखमा खरिद गरिएको बस आइतबारबाट सुकौराको कार्कीखोला देखी जीतपुरभञ्ज्याङ सम्म सञ्चालन हुने प्रअ ढुङ्गेलले बताए ।

विद्यालयमा हाल पाँच सय विद्यार्थी अध्ययनरत रहेका छन् जसमध्ये कृषि प्राविधिकतर्फ एक सय ५ जना रहेको जनाइएको छ ।