समाचार

मन्त्रीप्रति चौलागाईको आक्रोस, चार वर्षका लागि म उपाध्यक्ष हुँ

संवाददाता

हेटौंडा \ बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईं बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालमाथि आरोप लगाउदैं मलाई राजनीतिक प्रतिशोधका आधारमा मन्त्रीस्तरीय निर्णयभन्दै स्पष्टिकरण सोधिएको प्रति प्रतिरोध गरेका छन् ।

उनले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आफूलाई विभिन्न विषयमा स्पष्टिकरण सोधेको ले आफुले गरेको कामहरु सार्वजानिक गर्दै चार वर्षका लागि आफु नियुक्त भएको बताएका छन् ।

सरकारले एक हप्ताभित्र मन्त्रीस्तरबाट र मन्त्रिपरिषद्को वैठकबाट भएको राजनीतिक नियुक्त खारेज गर्ने तयारी गरेको सरकार प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णशर्मा खनालले बताएका छन् ।

प्रदेश सरकारले डोरमणि पौडेल नेतृत्वको सरकारले गरेको राजीतिक नियुक्ती खारेज गर्ने प्रक्रिया अगाडि बढाएसँगै परिषद् उपाध्यक्ष चौलागाईंको पनि नियुक्ती खारेज गर्ने तरखर मा रहेका छन् ।

पत्रकार सम्मेलन गर्दै आफुले गरेको कामहरु र सम्पादन भएका कार्ययोजना सार्वजानिक गरेका थिए ।

No description available.