कला / साहित्य

अस्ताइन चर्चित भारतीय गायिका लता मंगेशकर

संवाददाता

एजेन्सी \ चर्चित भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । ९२ बर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा निधन भएको हो ।

२८ सेप्टेम्बर १९२९ मा जन्मिएकी मंगेशकरले थुप्रै नेपाली चलचित्रका तथा नेपाली आधुनिक गितमा स्वर दिएकि थिइन।

उनले माइतीघर फिल्ममा ‘जुन माटो मा मेरो जन्म लिने सौभाग्य भयो’ बोलको गितमा आफ्नो स्वर दिएकी थिइन्।स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही साताअघि मात्रै उक्त अस्पताल भर्ना गरिएको थियो।