समाचार

पत्रकार देवकोटाले मनाए आश्रममा जन्मदिन

संवाददाता

 खबरबाकस \ मकवानपुरमा एक दशक भन्दा लामो समयदेखी रेडियो पत्रकारिता गर्दै आएका पत्रकार मनोज देवकोटाले आफ्नो जन्मदिन हेटौंडा १५ मा रहेको दिव्यसेवा निकेतन (जेष्ठ नागरिक आश्रमस्थलमा मनाएका छन् । विहीबार आफ्नो र बुबाको समेत जन्मदिन परेकाले आश्रममा जन्मदिन मनाएको उनले बताए ।

आश्रयस्थलमाका बुवाआमा सङ्ग केक काटेर एक दिनको खाना खुवाएर आफ्नो आफ्नो अनि बुबाको जन्मदिन मनाएको देवकोटाले बताए ।

चलचित्र पत्रकार संघ मकवानपुरका कोषाध्यक्ष रहेका देवकोटा हेटौंडाबाट सञ्चालित हेटौंडाटुडे डटकम अनलाइनका प्रबन्धक हुन् । लामो समय पत्रकारितामा आवद्ध देवकोटा प्रेस युनियन मकवानपुरका कोषाध्यक्ष र मकवानपुरगढी पत्रकार समाजका उपाध्यक्ष हुन् ।