समाचार

दुई विद्यालयलाई संजेलद्धारा सरस्वतीको मूर्ति सहयोग

संवाददाता

 खबरबाकस \ समाजसेवी तथा खेलप्रेमी इन्द्रप्रसाद संजेललेमकवानपुरगढीका २ विद्यालयलाई  सरस्वतीको ढलोटको मूर्ति सहयोग गरेका छन् ।

विहीबार वडा नम्बर ६ मा रहेको जनक माध्यामिक विद्यालय र वडा नम्बर ७ सुकौरामा रहेको जनता माध्यामिक विद्यालयलाई उक्त मूर्ति हस्तान्तरण गरेका हुन् ।

May be an image of 3 people and people standing

संजेलले जनक माविका प्रअ विरेन्द्र प्रसाद यादव र जनता माविका प्रअ होम नेपालीले उक्त मुर्ति हस्तान्तरण गरेका हुन् । २३ गते पर्ने श्रीपञ्चमीलाई मध्येनजर गर्दै आफुले विद्यालयमा सरस्वतीको मूर्ति सहयोग गरेको संजेलले बताए ।

आफु जन्मेको स्थानमा रहेको जनक मावि र आफ्नो जिवन संगिनीले पठनपाठन गराएको जनता माविलाई मूर्ति सहयोग गर्न पाउँदा खुसी रहेको बताए ।