
हेटौंडा \ हेटौंडामा रक्तदान कार्यक्रम आयोजना भएको छ । रोट्रयाक्ट क्लब अफ मकवानपुरको आयोजनामा मंगलबार हेटौंडाको बुुद्धचोकमा रक्तदान कार्यक्रम भएको हो ।
रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्णबहादुर कार्कीको प्रमुख आतिथ्य तथा रोट्रयाक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रतीक्षा न्यौपानेको अध्यक्षतामा रक्तदान कार्यक्रम भएको हो ।
रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए । कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरका निवर्तमान अध्यक्ष कविन संगामी, रोट्रयाक्टका पदाधिकारी तथा पूर्व समितिहरुको उपस्थिति रहेको थियो ।
।








