
खबरबाकस \ हेटौंडामा सञ्चालित हंग्री हेटौंडा नामक संस्थाले नर्स दिवसको दिन खाजा वितरण गरेको छ ।
शनिबार परेको नर्स दिवसको अवसर पारेर हंग्री हेटौंडाले नर्सहरुलाई खाजा वितरण गरेको हो ।
उनीहरुले हेटौंडा अस्पतालका १५ जना नर्स र हेटौंडा सिटी हस्पिटलका १५ जना नर्सलाई निशुल्क खाजा वितरण गरिएको थियो ।
ह्याप्पी नर्स डे लेखेर खाजा वितरण गरिएको हो ।
नर्सहरुको हौसला बढाउनको लागि निशुल्क खाजा वितरण गरिएको हंग्री हेटौंडा सञ्चालकले बताएका छन् ।









